१२ कार्तिक २०८३, बिहिबार

बल्ल भयो एमालेमा कार्यविभाजन, यस्तो छ नेताहरुलाई जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, ११ चैत । महाधिवेशन सकिएको ९ महिनामा नेकपा एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड भएको छ । नेकपा एमालेको बुधबार साँझ सम्पन्न स्थायी समितिको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल दुबैले विदेश विभाग प्रमुख बन्ने चाहना राखेकाले उनीहरुको जिम्मेवारी तय हुन बाँकी छ । अध्यक्ष केपी ओलीले सल्लाह गरेर उनीहरुको जिम्मेवारी पछि टुंगो लगाउने निर्णय भएको छ ।

जनकपुर अञ्चलको जिम्मेवारीका विषयमा केही विवाद देखिएको छ । यसैगरी, लुम्बिनीको सहइन्चार्ज ठाकुर गैरे र वैजनाथ चौधरीमध्ये कस्लाई बनाउने भन्ने विवाद छ ।

बुधबारको बैठकपछि नेकपा एमालेका सचिव भीम आचार्यले दैनिक नेपाललाई दिनुभएको जानकारी अनुसार, नेताहरुको जिम्मेवारी यसरी विभाजन गरिएको छ:

अध्यक्ष केपी शर्मा ओली – पार्टी स्कूल तथा पार्टीको नेतृत्व

उपाध्यक्ष

वामदेव गौतम– सम्पर्क एवं समन्वय मध्यपश्चिमाञ्चल, इन्चार्ज किसान फाँट

विद्या भण्डारी– सम्पर्क एवं समन्वय पूर्वाञ्चल, इन्चार्ज महिला फाँट

महिला फाँट सहइन्चार्ज – थममाया थापा र जया घिमिरे

युवराज ज्ञवाली – सम्पर्क एवं समन्वय पश्चिमाञ्चल

अष्टलक्ष्मी शाक्य– सम्पर्क एवं समन्वय मध्यमाञ्चल

भीमबहादुर रावल– सम्पर्क एवं समन्वय सुदूरपश्चिमाञ्चल एवं प्रवास

महासचिव इश्वर पोखरेल– समग्र संगठनको कामको नेतृत्व

उपमहासचिव

विष्णु पौडेल– भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन

घनश्याम भुसाल– राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमन

सचिव

प्रदीप ज्ञवाली– केन्द्रीय सचिवालय सचिव

भीम आचार्य– राजकीय मामिला प्रमुख

कृष्णगोपाल श्रेष्ठ-  कार्यालय सचिव

पृथ्बीसुब्बा गुरुङ– संगठन विभाग प्रमुख

योगेश भट्टराई– प्रचार विभाग प्रमुख

सूर्य थापा– प्रचार विभाग उपप्रमुख

गोकर्ण विष्ट – मोर्चा संगठन प्रमुख

स्थायी कमिटी

शंकर पोखरेल– सहइन्चार्ज, स्कूल विभाग

सुरेन्द्र पाण्डे– अर्थ र योजना विभाग प्रमुख

मुकुन्द न्यौपाने– उद्योग तथा बाणिज्य विभाग प्रमुख

छविलाल विश्वकर्मा– सम्पर्क समन्वय कमिटी विभाग प्रमुख

विजय गुरुङ – सहइन्चार्ज, सम्पर्क समन्वय कमिटी विभाग

किरण गुरुङ–स्थानीय विकास विभाग प्रमुख

अन्य जिम्मेवारी

विष्णु रिमाल– आर्थिक तथा ट्रेड युनियन प्रमुख

राजेन्द्र पाण्डे– निर्वाचन विभाग प्रमुख

भागवत विश्वासी–निर्वाचन विभाग उपप्रमुख

परशुमेघी गुरुङ– संघीय मामिला विभाग प्रमुख

सीता गिरी – संघीय मामिला विभाग उपप्रमुख

अग्नि खरेल– संविधानसभा– संसदीय विभाग प्रमुख

काशीनाथ अधिकारी – पुस्तकालय अभिलेख विभाग

प्रदीप नेपाल– जलस्रोत तथा उर्जा विभाग प्रमुख

नागेन्द्र चौधरी– वन तथा वातावरण विभाग प्रमुख

वंशिधर मिश्र– विज्ञान तथा प्रविधि विभाग प्रमुख

गंगालाल तुलाधार– शिक्षा तथा मानवस्रोत विभाग प्रमुख

तुलबहादुर गुरुङ– राष्ट्रिय सुरक्षा विभाग प्रमुख

विजय पौडेल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख

रघुजी पन्त– कानुन विभाग विभाग प्रमुख

कर्णबहादुर थापा– युवा तथा खेलकुद विभाग प्रमुख

खगेन्द्र राई– संस्कृति विभाग प्रमुख

पशुपति चौलागाईं– सहकारी तथा गरिबी निवारण विभाग प्रमुख

ममता गिरी – सहकारी तथा गरिबी निवारण विभाग उपप्रमुख

सुजिता शाक्य – स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

रचना खड्का– स्वास्थ्य तथा जनसंख्या विभाग उपप्रमुख

घनेन्द्र बस्नेत– उपभोक्ता हित तथा सुस्वास्थ विभाग प्रमुख

सूर्य थापा– प्रबर्धन विभाग प्रमुख तथा प्रचार विभाग उपप्रमुख

प्रकाश ज्वाला – श्रम तथा रोजगार विभाग प्रमुख

चुडामणि जंगली– श्रम तथा रोजगार विभाग उपप्रमुख

निरुपाल – युवा फाँट प्रमुख

रविन्द्र अधिकारी– विद्यार्थी फाँट प्रमुख

बमबहादुर विश्वकर्मा – दलित फाँट प्रमुख

टंक कार्की– वुद्धिजीवि फाँट प्रमुख

खगेन्द्र चुडाल– वुद्धिजीवि फाँट सहइन्चार्ज

सत्यनारायण मण्डल– मधेशी इन्चार्ज

जगदीश कुशियत– मधेशी सहइन्चार्ज

गोकुल घर्ती– जनजाति फाँट

शिराज फारुकी- मुस्लिम इन्चार्ज

मभुज अन्सारी- सहइन्चार्ज

हरिबहादुर राई- भूतपूर्व सैनिक इन्चार्ज

विश्वनाथ प्याकुरेल – पेशागत फाँट इन्चार्ज

प्रेमल खनाल – सहइन्चार्ज

श्रीमाया थकाली- वैदेशिक रोजगार फाँट इन्चार्ज

वेदुराम भुसाल- विभिन्न प्रतिष्ठान इन्चार्ज

गोमा देवकोटा- विभिन्न प्रतिष्ठान सहइन्चार्ज

राधाकृष्ण मैनाली- राजनीतिक दलहरुसँग संवाद तथा समन्वय इन्चार्ज

भूगोल

मेची

हिक्मत कार्की- इन्चार्ज

डम्बरध्वज सम्बाहाम्फे- सहइन्चार्ज

कोशी

जीवन घिमिरे- इन्चार्ज

शिवमाया तुम्बाहाम्फे- सहइन्चार्ज

सगरमाथा

रामप्रित पासवान – इन्चार्ज

जगन्नाथ खतिवडा- सहइन्चार्ज

जनकपुर

टुंगो लाग्न बाँकी

नारायणी

केदार न्यौपाने – इन्चार्ज

विरोध खतिवडा- सहइन्चार्ज

बागमती

अरुण नेपाल- इन्चार्ज

शेरबहादुर तामाङ- सहइन्चार्ज

उपत्यका

सानुकुमार श्रेष्ठ- इन्चार्ज

जीवनराम श्रेष्ठ- सहइन्चार्ज

गण्डकी

जगत विश्वकर्मा- इन्चार्ज

मायानाथ अधिकारी- सहइन्चार्ज

धौलागिरी

गणेश तिमिल्सिना- इन्चार्ज

भूपेन्द्र थापा-सहइन्चार्ज

लुम्बिनी

रामनाथ ढकाल- इन्चार्ज

सहइन्चार्जमा वैजनाथ चौधरी र ठाकुर गैरेको कुरा मिल्न बाँकी ।

राप्ती

खेममान खड्का- इन्चार्ज

गुलाबजंग शाह- सहइन्चार्ज

भेरी

यमलाल कँडेल- इन्चार्ज

गौरा प्रसाईं कोइराला- सहइन्चार्ज

कर्णाली

गोरख बोगटी- इन्चार्ज

हंसराज शाही- सहइन्चार्ज

सेती

महेश्वर पाठक- इन्चार्ज

गरिमा शाह- सहइन्चार्ज

महाकाली

रामकुमार ज्ञवाली- इन्चार्ज

विक्रम शाही- सहइन्चार्ज

प्रवास समन्वय

विन्दा पाण्डे– इन्चार्ज

युवराज कार्की- सहइन्चार्ज

खाडी इन्चार्ज

श्रीप्रसाद शाह

युरोप इन्चार्ज

रामकुमारी झाँक्री

अमेरिका इन्चार्ज

युवराज कार्की

अष्टे«लिया इन्चार्ज

बिन्दा पाण्डे

भारत इन्चार्ज

तिल विश्वकर्मा

पूर्वी र दक्षिणपूर्वी एसिया इन्चार्ज

राजन राई

मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन । माधव नेपालका समूहका नेताहरुले भने कार्यविभाजन सन्तुलित नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबारको बैठक पनि अध्यक्ष ओलीको निवास बालकोटमा बसेको थियो । बैठकमा नेता माधवकुमार नेपाल उपस्थित नहुनुभएको सचिव भीम आचार्यले जानकारी दिनुभयो ।

बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले कार्यविभाजन सम्बन्धी निर्णय संचारकर्मीलाई सुनाउनुभएको थियो । उहाँले एमाले केन्द्रीय कमिटीमा रहेका मन्त्रीहरुको जिम्मेवारीका विषयमा भने बिहीबार छलफल गरेर टुंगो लगाउने जानकारी दिनुभयो ।

एमाले सचिव योगेश भट्टराईले भने कार्यविभाजनमा असहमति पोख्नुभयो । ‘यो कार्यविभाजन विधिसम्मत ढंगले ल्याइएन्, त्यसकारण हामीले असहमति राख्यौँ । र, बिहीबार अनौपचारिक छलफल गरी टुंगो लगाउने सहमति गरी हामीहरु उठ्यौँ ।’- उहाँले भन्नुभयो।