१२ कार्तिक २०८३, बिहिबार

देशमा नयाँ शक्तिको उदय आवश्यक छ : कमल थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1– रबिना बोहरा
बागलुङ, ११ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता प्रक्रिया अगाडी बढी रहेको समयमा बागलुङको चुनावीसभा राष्ट्रिवादी शक्ति बीचको एकताको सन्देश हुने बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच पार्टी एकता गर्ने तयारीसंगै बागलुङको लोकतान्त्रिक चोकमा आयोजित संयुक्त आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच गमिभर मतभेद रहेपनि त्यस बिषयमा छलफल गरी अगाडि बढ्ने बताउनु भएको हो ।

थापाले दश बर्ष पछि राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाबीच एउटै मञ्चमा उभिएको बताउँदै बागलुङको उपनिर्बाचनमा राप्रपा नेपाल र राप्रपाका साझा उम्मेदबार खडा गररे एकताको बलियो जग निर्माण गरेको उद्घोष गर्नुभयो ।

थापाले नेपाली काँग्रेस एमालेको दुइ तिहाईको दम्भ र एमाओवादी मधेसी दलहरुको हारेको मानसिकताले संबिधान आउन नसकेको आरोप लगाउँदै देश सक्रमण कालमा गुज्रीरहेको अवस्थामा अब देशमा नयाँ शक्तिको उदय हुनु आवश्यकता रहेको बताए ।

सयूत्तंm चुनावी सभामा बोल्दै राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपाल र राप्रपाबीचको एकीकरण पार्टीका कायर्कता तथा नेताले मात्र नभइ आम जनताले चाहेको र सार्बभैम सत्ता सम्पन्न नेपालीहरुले खोजेको काम सम्पन्न गर्न आँफुहरु प्रयासरत रहेको बताउनुभयो ।

पहिलो संबिधान सभाले संबिधान दिन नसकेपछि दोस्रो संबिधान सभा भएको तर त्यसले पनि भनेको समयमा संबिधान दिन नसक्नु देशको लागि असफलता भएको बताउनुभयो । सरकार र प्रतिपक्षमा रहेका दलहरु बिचहरु मात्रै छलफल गर्ने र अन्य दलहरुलाई पाखा लगाउने प्रबृतीले पनि समयमा संबिधान बन्न नकसेको दाबी गर्नुभयो ।

कार्यक्रममा राप्रपाका महामन्त्रि चन्द्रबहादुर गुरुङ, केन्द्रिय सदस्य भिमप्रसाद गौचन, बागलुङ क्षेत्र नं. एकका उम्मेदबार नबिनचन्द्र शेरभुजा लगायतले मन्तव्य राखेका थिए ।