काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले महिला हिंसामा संलग्न ९० प्रतिशत दोषीलाई कानुनी कारबाही गरिएको दाबी गर्नुभएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा उहाँले बलात्कार, हत्या, हिंसालगायत महिला हिंसामा संलग्न बाँकी १० प्रतिशत अपराधीलाई ढिलो चाँडो पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
पछिल्लोपटक मुलुकभरि बढ्दै गएको महिला एवम् बालिका बलात्कार तथा महिला हिंसा जस्ता जघन्य अपराधलाई कडाइका साथ नियन्त्रण गर्ने सम्बन्धमा सरकारको कार्ययोजनाका बारे छलफल गर्न आमन्त्रण गरिएको सो बैठकमा उपप्रधानमन्त्री गौतमले महिला हिंसासम्बन्धी बनेका पुराना कानुन पर्याप्त नभएको हुँदा त्यसलाई संशोधन गरी कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।
“अहिले ६५/६६ हजारमात्र प्रहरी शान्ति सुरक्षाका लागि खटिएका छन्, त्यो सङ्ख्या पर्याप्त छैन, साधन÷स्रोत अत्यन्त कम हुँदाहुँदै पनि प्रहरी प्रशासनले आफ्नो दायित्व पूरा गर्दै आएको छ”, उहाँले भन्नुभयो ।














प्रतिक्रिया