१२ कार्तिक २०८३, बिहिबार

ताप्लेजुङका अग्निपीडितलाई एमालेले दश लाख रुपैयाँ सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, ११ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा आज जारी स्थायी कमिटी बैठकले ताप्लेजुङको तोक्मे बजारमा भएको आगलागीबाट प्रभावितलाई पार्टीको केन्द्रीय प्राकृतिक विपत् राहत कोषबाट तत्काल रु १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले अग्निपीडित क्षेत्रका प्रभावितलाई उपचार, राहत, औषधि, पुनःस्थापना तथा पुनःनिर्माणलगायत कार्यमा सहयोग गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले सहमतिको प्रयास हुँदाहुँदैं वार्ताबाट पछि हटी एमाओवादीसहित ३० दलीय मोर्चा आन्दोलनमा उत्रिएका कारण सहमतिको वातावरण बिग्रिएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।

विपक्षी दललाई आन्दोलनको बाटामा नहिँड्न आग्रह गर्ने र अब कसरी अगाडि बढ्ने भन्नेबारेमा नेपाली काँग्रेसलगायत दलसँग परामर्श गर्ने निर्णय बैठकले गरेको ज्ञवालीले बताउनुभयो । बैठकले धनुषाको मदन–आश्रित निमाविको व्यवस्थापन समितिको विवादका क्रममा झडप हुँदा दुईको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बैठकले डडेल्धुरामा उच्च माध्यमिक शिक्षा परिषद्मा भएको कर्मचारी नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउन गएका एमाले जिल्ला अध्यक्षसहितका कार्यकर्तामाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।