३० आश्विन २०८३, शुक्रबार

भरतपुर अस्पतालका डाक्टर यौनकाण्डमा, अस्पतालमा तनाव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-bijay-paudel

काठमाडौं, १० चैत । चितवनको भरतपुर अस्पतालका चिकित्सक यौनकाण्डमा मुछिएपछि तनाव सिर्जना भएको छ ।

चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलमाथि सोही अस्पतालमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । पीडित महिलाका अनुसार, आइतबार राति मादक पदार्थ सेवन गरी प्रशासनमा कार्यरत महिलालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नै यौनकाण्डमा मुछिएपछि भरतपुर अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा डाक्टर तथा कर्मचारीहरु पक्ष र विपक्षमा विभाजित भएका छन् ।

अस्पतालका विभिन्न कर्मचारी सघसंगठनले उनलाई कारबाहीको माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ चितवन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन चितवन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवन, नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय कमिटी, अस्पताल विकास समिति कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी युनियनले सोमबार विज्ञप्ती जारी गर्दै डा पौडेललाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

डा पौडेलमाथि यसअघि पनि अन्य महिला कर्मचारीलाई पनि यौन दर्व्यवहार गरेको आरोप छ । उनले जागिरबाट हटाइदिने भन्दै पीडित महिलाहरुलाई धम्काउने गरेका थिए ।