आदेन, ५ चैत । यमनको दक्षिणी सहरमा रहेको त्यहाँका राष्ट्रपतिको निवासमा बिहीबार बम हमला गरिएको समाचार छ ।
बिहीबार दिउँसो नै एक युद्धक विमानबाट राष्ट्रपति अब्दरब्बु मन्सुर हादीको निवासमा रकेट हमला गरिएको समाचार छ ।
सो विमानबाट राष्ट्रपति निवास भित्रै पर्नेगरी हमला गरिएको बताइएको छ । सैनिक अधिकारीहरुले त्यसमा कुनै क्षति भने नपुगेको जनाएका छन् ।
निवासमा सामान्य क्षति पुगेको तर कोही हताहत भने नभएको समाचारमा जनाइएको छ । उहाँको निवासमा यसअघि पनि पटक पटक हमलाको प्रयास भएको सरकारले जनाएको थियो । रासस/सिन्ह्वा














प्रतिक्रिया