दमासकस, २ चैत । अमेरिकी विदेशमन्त्री जन केरीले सिरियामा द्वन्द्व अन्त्य गर्न दमासकससँग वार्ता आवश्यक भएको बताउनुभएपछि सिरियाली राष्ट्रपति बसार अल-असादले सोमबार आफू अमेरिकी कारवाहीको प्रतिरक्षामा रहेको बताउनुभएको छ ।
राष्ट्रपति असादले इरानी टेलिभिजनमा गर्नुभएको टिप्पणी तथा सिरियाली सरकारी टेलिभिजन दमासकसमा प्रसारण भएको कार्यक्रममा आफूहरूले अझै टिप्पणी सुनिरहेको र आफूले निर्णय गर्नुभन्दा पूर्व कारवाहीको प्रतिक्षा गरिरहेको बताउनुभयो ।
आइतबार प्रसारण भएको एक अन्तर्वाता अमेरिकी विदेशमन्त्री केरीले वासिङटन राष्ट्रपति असादसँग वार्ता गर्न इच्छुक हुने बताउनुभयो । सिरियाली राष्ट्रपतिको टिप्पणी अमेरिकी विदेशमन्त्री केरीको भनाइपछि आएको हो ।
केरीलाई सीबीएस टेलिभिजनमा उहाँले सिरियाली नेतासँग वार्ता गर्नुहुन्छ त भनी गरिएको प्रश्नमा उहाँले अन्त्यमा आफूहरूले यस प्रकारको वार्ता गर्नुपर्ने बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री केरीका प्रवक्ताले पछि उहाँको टिप्पणीले अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको बताउनुभयो । उहाँले सिरियाली राष्ट्रपति असाद जस्ता क्रूर तानासाहको कुनै भविष्य नभएको बताउनुभयो ।
सिरियाली आमसञ्चारले भने अमेरिकी विदेशमन्त्री केरीको भनाइले अमेरिकी नीतिमा परिवर्तन आएको र त्यसले सिरियाली राष्ट्रपति असादको वैधानिकता स्वीकार गरेको बताउनुभयो ।
राष्ट्रपति असादले एक छोटो टिप्पणीमा सिरियाप्रति अन्तर्राष्ट्रिय समुदायको नीतिमा वास्तविक परिवर्तनमा आतङ्कवादीलाई दिइएको समर्थन अन्त्य हुनुपर्ने बताउनुभयो । सिरियाली प्रतिपक्षलाई सरकारले आतङ्कवादी भएको आरोप लगाउने गरेको छ ।
उहाँले आफ्नो मुलुकको प्रतिरक्षा गर्नुभन्दा आफ्नो कुनै विकल्प नभएको बताउनुभयो ।
सिरियामा सन् २०११ को मार्चमा सरकार विरोधी प्रदर्शन आरम्भ भएपछि हालसम्म दुई लाख १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
सरकारले प्रदर्शनकारीलाई कारवाही गर्न थालेपछि प्रदर्शन गृहयुद्धमा परिणत भएको थियो । रासस/एएफपी














प्रतिक्रिया