काठमाडौँ, २९ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २५ हजार युवालाई रोजगार प्रदान गरेको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत विसं २०६५ सालमा स्थापना भएको कोषले युवालाई सहुलियत व्याजदरमा बिनाधितो रु दुई लाखसम्म ऋण र निःशुल्क व्यावसायिक तालिम सञ्चालन गर्दे आएको थियो ।
मिडिया इन्टरनेशनलले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले १८ देखि ५० वर्षका किसानलाई १२ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्दे आएको बताउनुभयो ।
कोषका उपाध्यक्ष पुन्यप्रसाद रेग्मीले युवालाई स्थानीयस्तरमै रोजगार बनाउने लक्ष्यअनुसार थालिएको काम प्रभावकारी भएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, “यो कोषमार्फत गाँउगाउँमा बाख्रापालन, कुखुरापालन, गाईपालनलगायतका कार्यक्रम भइरहेको छ ।”
उत्पादित वस्तुलाई बजारसम्म पु¥याउनका लागि केन्द्रीय फलफुल तथा तरकारी सहकारी सङ्घसँग समन्वयन भइरहेको जानकारी दिनुभयो ।














प्रतिक्रिया