२९ आश्विन २०८३, बिहिबार

गुल्मीमा ज्योती मगर शंकर विसीसंग नाच्दा दर्शकले थाम्नै सकेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0105 (1)

– अनिल खत्री
गुल्मी । उत्तेजक हर्कत गरेर चर्चामा आउने गायिका ज्योती मगरले डान्सर शंकर विसीको हात समाउँदा गुल्मीका दर्शक आफै उत्तेजित भएका छन् ।

गायिका ज्योतीले गीत गाउँदै डान्सर शंकरसंग नाच्दा तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवमा दर्शक तातेका थिए ।

ज्योतीले शंकरसंग उत्तेजक डान्स गरेपछि दर्शकहरु पनि खुबै मनोरञ्जनमा उत्तेजित देखिए । करिब आधा ज्योती र शंकरको जोडीले तम्घासलाई तताएको थियो ।

कार्यक्रममा चर्चित आधुनिक गायक हेमन्त शर्मा, खुमन अधिकारीले गीत गाएर दर्शकलाई खुव मनोरञ्जन गराएका थिए ।
शंकर विसी अर्की मोडल रस्मी तामाङ्गसंग पनि नाचेका थिए ।

हाँस्य कलाकार थापा लाहुरे, कुमार श्रेष्ठ खुशिलाल, गायिका तथा उद्घोषिका शोभा त्रिपाठी, कल्पना कुसुम, राजेश सेन, लगायतका कलाकारले शुक्रबार गुल्मी महोत्सवमा सहभागी दर्शकलाई दिल खोलेर नचाएका थिए ।

स्थानिय लोप उन्मुख हुन लागेका बिभिन्न ठाउँ बिशेष नाँच समेत प्रस्तुत गरिएको थियो ।

महोत्सवमा शनिवार पनि चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी, मोडल महेन्द्र गौतम, आधुनिक गायक कमल खत्री, तिलक बम मल्ल, रश्मी तामाङ्ग लगायतले दर्शकलाई तताउने महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।