२९ आश्विन २०८३, बिहिबार

आतंकवादी संगठन आइएसमा भर्ती हुन हिडेकी महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ladakuजकार्ता, २९ फागुन । आतङ्कवादी सङ्गठन आइएसमा भर्ती हुन हिँडेका इन्डोनेसियाली महिला र बालबालिका टर्कीमा पक्राउ परेको समाचार छ ।

आइएसमा भर्ती हुनका लागि सिरिया हिँडेका ती १६ जना इन्डोनेसियालीलाई सिरिया जाने क्रममा टर्कीमा पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ११ जना बालबालिका, चार महिला र अर्का एकजना पुरुष रहेका छन् । इन्डोनेसिया विश्वकै सबैभन्दा धेरै मुस्लिमको जनसङ्ख्या रहेको देश हो ।

उनीहरु सिरिया जाने क्रममा टर्कीको सीमानामा पक्राउ परेका बताइएको छ । तर उनीहरु कहिले र कसरी पक्राउ परे भन्ने बारेमा भने अधिकारीहरुले केही बताएका छैनन् ।

टर्कीका सुरक्षा मन्त्री टेड्जो एदीले भनेका सम्वाददातारुसँग भनेका छन्– जे होस हामीले अनुसन्धान गरिरहेका छौँ, उनीहरु आइएसमा भर्ती हुन हिँडेको समाचार भने पक्का हो ।

यसअघि नै ती १६ जना इन्डोनेसियाली हराइरहेको समाचार आएको थियो । टर्कीमा ट्रेकिङ्मा गएको एक समूहसँगै उनीहरु हराएपछि खोजी जारी राखिएको थियो ।

सोही कारणले पनि खोजी अभियानलाई तीव्र पारिएको र खोजीका क्रममा उनीहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । सोही रुट भएर विगतमा पनि कयौँ मुस्लिम नागरिक आइएसमा भर्ती हुनकै लागि सिरिया जाने गरेका समाचारहरु आइरहेका थिए । रासस/एएफपी