२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीको धम्कीपछि भारतीय प्रधानमन्त्री श्रीलङ्का पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi_srilankan_PM00कोलोम्बो, २९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको औपचारिक भ्रमणका क्रममा शुक्रबार श्रीलङ्का पुग्नु भएको छ । यस राष्ट्रमा २५ बर्षयता भारतीय प्रधानमन्त्रीले गर्नुभएको यो पहिलो भ्रमण भएको पनि हो ।

मोदीको स्वागतको लागि श्रीलङ्काका प्रधानमन्त्री रनील विक्रमासिङ्गे विदेशमन्त्री मङ्गला समरावीर र अन्य सरकारी अधिकारीहरुले देशको बन्दारानाएके अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको जनाइएको छ ।

मोदीको यस भ्रमणको क्रममा राष्ट्रपति मैत्रीपाला सिरिसेना प्रधानमन्त्री विक्रमासिङ्गे, सरकारी अधिकारीहरुसँग भेटवार्ता हुने बताइएको छ ।

प्रधानमन्त्री मोदीले तामिलहरुको बलियो प्रभाव रहेको तालिम नेसनल अलाइअन्स टीएनए लगायत राजनीतिक पार्टीका सदस्यहरुसँग उहाँको भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।

यस भ्रमणको क्रममा भारत र श्रीलङ्का सरकारबीचमा केही प्रमुख सम्झौता पनि हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी हुने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले तामिल समूदायको बलियो प्रभाव रहेको श्रीलङ्ककाको उत्तरी प्रांन्तको पनि भ्रमण गर्नुहुने जनाइएको छ ।

श्रीलङ्कामा सशस्त्र विद्रोह जारी राखेका तामिलहरुका विरुद्धमा सरकारले गरेको कारबाहीका क्रममा सन् २००९ मा उनीहरुको द्वन्द्व अन्त्य भएको थियो ।

यस भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले श्रीलङ्काली संसदलाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको समेत बताइएको छ ।

यसअघि श्रीलंकाका प्रधनमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई माझीलाई तटिय क्षेत्रमा नपठाउन आग्रह गर्दै पठाएमा कारवाही गर्ने धम्की दिएका थिए । रासस÷सिन्ह्वा