काठमाडौं । चलचित्र ‘हवल्दार सुन्तली’का लेखक तथा ‘घन्टी बज्यो’ गीतका गीतकार दिनेश सुवेदी बलात्कार मुद्दामा मुछिएका छन् ।
उनलाई ९ वर्षीय वालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई बलात्कारको आरोपमा गाँउलेहरुले कालोमोसो दलेर कुटपीट समेत गरेका छन् ।
शिक्षक पेशाका सेती गणेश निमावि पालुङ मकवानपुरका शिक्षक सुवेदीले सोहि स्कुलका एक ९ बर्षीय बालिकामाथी बलात्कार गरेको आरोप छ ।
केहि दिनअघि आफ्नै बिद्यार्थी बालिकालाई बलात्कार गरेका उनले फकाएर घट्ना लुकाउने प्रयास गरेका थिए ।
तर अभिभावकले थाहा पाएपछि उनलाई कालोमोसो दलेर पक्राऊ गरेको हो । बुधबार गाउलेको आक्रमणबाट बचाउन खोज्दा प्रहरी र स्थानियबीच झडपसमेत भएको थियो ।
उनले ‘हिम्मतवाली’को ‘मलाइ पागल बनाउने’, ‘जन्जिर’को ‘किन यस्तो’ लगायतका गीतहरु चलचित्रमा लेखेका छन् । उनले गीत सङ्गीत बजारमा गीतकारको परिचय बनाइसकेका थिए ।
बलात्कारमा मुछिएपछि उनको नाम दाम सबै गुमेको छ । अहिले उनी प्रहरीको अनुसन्धानका लागि हिरासतमा राखिएका छन् ।













प्रतिक्रिया