नयाँदिल्ली, २८ फागुन । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीस एयरलाईन्सको विमान दुर्घटनाको घटना सेलाउन नपाउँदै फेरि अर्काे विमान दुर्घटनामा परेको छ ।
ओमन एयरको अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने क्रममा बिहीबार नयाँदिल्लीमा जहाजको टायर (पाङ्ग्रा) पड्किएर दुर्घटनामा परेको हो ।
नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरणका क्रममा टायर निकाल्न खोज्दा सो टायर पड्किएको बताइएको छ ।
उक्त विमान बिहीबार बिहान ओमनको राजधानी मस्कटबाट आएको थियो । विमानमा रहेका १५० जना यात्रु सकुसल रहेका भारतीय उडड्यन अधिकारीहरुले जनाएका छन् ।
डब्लु वाई २४१ सो विमानमा बिहान ६ बजे सो समस्या देखिएको हो । नेपालमा भएको दुर्घटनामा समयमा भारतको नयाँदिल्लीमा यस्तो समस्या देखिएको हो ।














प्रतिक्रिया