११ कार्तिक २०८३, बुधबार

दलहरुकै सहमतिमा जेठ १५ संविधान जारी गर्नुपर्छ : माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepalविराटनगर, २८ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले दलहरुको सहमतिमा जेठ १५ मा संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

विहीवार विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको भेटघाटमा नेता नेपालले जेठ १५ मै संविधान निर्माण गर्नेगरी विवादित विषयमा अब चाँडै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले अन्तर्वस्तुमा सहमतिका लागि औपचारिक वार्ताभन्दा अनौपचारिक वार्तामा नै बढी जोड दिनुपर्ने धारणा प्रकट गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेता नेपालले संविधान निर्माणमा ढिलाइ हुँदा समस्या उत्पन्न हुने भएकाले दलहरुलाई गम्भीर हुन आग्रह गर्दै प्रक्रिया छोट्याएर भए पनि संविधान जारी गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।