११ कार्तिक २०८३, बुधबार

एकहप्ता पर्यटकलाई लोमान्थाङ जान रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annapurna_thorang-chadhna-jandaiमुस्ताङ, २८ फागुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पर्यटकलाई कम्तीमा एकहप्ता लोमान्थाङ भ्रमणमा जान रोक लगाएको छ ।

कागबेनीदेखि माथिका क्षेत्रमा अझै पनि बाक्लो हिउँ जमेकाले दुर्घटना हुनसक्ने भन्दै केही समयलाई लोमान्थाङ भ्रमणमा अनुमति नदिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोबाङखोलामा सामान्य पुल बनेपछि स्थानीय भने जोखिम मोलेर लोमान्थाङ आउन थालेका छन् । “पर्यटकको याम सुरु भए पनि यहाँ अझै बाक्लो हिउँ जमेकै छ, त्यसैले पर्यटकलाई एकहप्तासम्म अनुमति छैन् प्रमुख शेरचनले भन्नुभयो ।

दुई हप्ताअघि तीन दिनसम्म निरन्तर हिउँ परेपछि कागबेनीदेखि माथिका क्षेत्रमा अत्यधिक हिउँ जमेको थियो । हिउँका कारण लोमान्थाङ पुगेका सात पर्यटक फर्कन नसकेपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

अनौठो भू–बनोट, राजदरबार, स्थानीय कला संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउन लोमान्थाङमा तेस्रो मुलुकका पर्यटक बढी जाने एक्यापले जनाएको छ ।

यो याममा थुप्रै पर्यटक लोमान्थाङ जान आतुर रहे पनि मौसमले साथ नदिएको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले बताउनुभयो ।

“यहाँ मौसमका कुनै भर नै हुँदैन, क्षणभरमै मौसम परिवर्तन हुन्छ अनि हिमपात हुन्छ, उहाँले भन्नुभयो, “कागबेनीदेखि माथि गयो भने त्यस क्षेत्रमा त्यति राम्रो बस्ने ठाउँमा पनि छैन ।” एक्यापले लोमान्थाङसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा जाने पर्यटकको तथ्याङ्क कागबेनीबाट सङ्कलन गर्दै आएको छ ।

गत वर्ष चार हजार १०० पर्यटकले लोमान्थाङको भ्रमण गरेका थिए । “त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए, नेपाली अलि कम जान्छन्, प्रमुख कुइँकेलले भन्नुभयो ।