काठमाडौं, २७ फागुन । विश्वकप क्रिकेट अन्तर्गतको बुधबारको खेलमा श्रीलंकाले स्कटल्याण्डलाई ३६४ रनको लक्ष्य दिएको छ ।
अष्ट्रेलियाको होबार्टमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६३ रन बनायो ।
प्रतियोगितामा श्रीलंका कुमार सांगाकारा र तिलकरत्ने दिलसानको शतक हानेका छन् । कुमार सांगाकारा १२४ रन दिलसानले १०४ रन शतकीय पारी खेलेका थिए । यी दुई व्याटस्म्यानले १९५ रनको साझेदारी गरे ।
कप्तान एन्जेलो म्याथुले ५१ रन बनाए । श्रीलंकाका ओपनर लाहीरु थिरमाने ४ रन आउट भए । स्कटल्याण्डका जोश डेभिले श्रीलंकाका ३ विकेट लिए । रिचि ब्यारिङटन एलिस्डार इभान्सले समान २-२ विकेट लिएका थिए ।
अहिले स्कटल्याण्ड जवाफी व्याटिङमा गरिरहेको छ ।














प्रतिक्रिया