१२ कार्तिक २०८३, बिहिबार

अस्कल क्याम्पसमा अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ascol-Todfod-1

काठमाडौं, २७ फागुन । राजधानीको अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

राजधानीको ठमेलस्थित अस्कलमा भएको झडपमा परी एक दर्जन विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुख राजेश महाजुको कार्यकक्षमा समेत तोडफोड गरेर कुर्सी जलाएका छन् ।

क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कुर्सीमा आगजनी गर्न नदिएपछि अनेरास्ववियू र क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा अनेरास्ववियूका सात र अखिल क्रान्तिकारीका चार विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । अनेरास्ववियूले क्याम्पस प्रमुखको कोठामै पुगी तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखकको कुर्सी जलाएको थियो ।

घटनाको आधा घण्टापछि घटनास्थल क्याम्पस पुगेको प्रहरीले तोडफोडमा संलग्न एक विद्यार्थीलाई पक्राउ गरेको छ । पठन पाठन नियमित नभएपछि अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामा माग्दै तोडफोड गरी कुर्सी जलाएको हो ।

तोडफोडपछि प्रहरीको रोहबरमा क्याम्पस प्रशासन र विद्यार्थीबीच वार्ता भइरहेको अनेरास्ववियुका प्रकाश तिमिल्सिनाले बताएका छन् ।