काठमाडौं २७ फागुन । विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच जहिले पनि प्रतिस्पर्धा हुँदै आएको छ । जसमा अहिलेसम्म मेस्सीले रोनाल्डोलाई पछ्याउन सकेका छैनन् ।
बराबरी अंकमा पुगेपनि पछ्याउन सकेका छैनन् । हिजोको खेलमा मेस्सीले रोनाल्डोसंग बनाएको बराबरी गोल अंकलाई फेरि रोनाल्डोले अग्रता लिएका छन् । यसअघि दुवैको समान ७५/७५ गोल थियो ।
एक गोल थप्दै रोनाल्डोले मेस्सीलाई पछ्याएका हुन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले मेस्सीलाई पछ्याएर नयाँ कीर्तिमान समेत बनाएका छन् ।
रोनाल्डोको २ गोलको मद्दतले रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । हिजोको खेलमा शाल्के ४-३ ले विजयी भएपनि समग्रमा ५-४ को जितका साथ साविकको विजेता रियल मड्रिड क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
रोनाल्डोले च्याम्पियन्स लिगमा ११५ खेलबाट सर्वाधिक ७६ गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । मेस्सीले ९३ खेलबाट ७५ गोल बनाएर दोस्रो स्थानमा झरेका छन् ।














प्रतिक्रिया