महेन्द्रनगर, २७ फागुन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा सहमतिमा नआए प्रक्रियाबाटै संविधान जारी गरिने बताउनुभएको छ ।
जिल्ला भ्रमणका सिलसिलामा सुदूरपश्चिम पुगेका मन्त्री सिंहले विपक्षी दलहरुसंग वार्ता प्रयास भइरहेको र सहमतिमा नआए जनतालाई संविधान दिन प्रक्रियामै जानुपर्नेमा जोड दिनुभयो ।
प्रक्रिया बिर्सिदा पहिलो संविधानसभा विघटन भएको बताउँदै उहाँले त्यस्तो गल्ती यो पटक पनि गर्न नसकिने धारणा राख्नुभयो ।
सहमति नभए प्रक्रियाबाटै संविधान जारी गरिने उहाँको भनाई छ ।
उहाँले सहमतिमा संविधान निर्माण हुने भए काँग्रेस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताउनुभयो ।
सहमतिको प्रयास अझै जारी रहेको भन्दै मन्त्री सिंहले सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गरी छाड्ने ठोकुवा गर्नुभयो ।
मन्त्री सिंहले संविधान निर्माणका लागि सबै दल एक हुन आवश्यक रहेकोसमेत औँल्याउनुभयो ।














प्रतिक्रिया