२९ आश्विन २०८३, बिहिबार

बलिउडका ३ खान शाहरुख, सलमान र आमिरको कश्मीरमा यस्तो भीडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

d4c4f_abs1

मुम्बई । अहिले भारतीय चलचित्र बजार बलिउडमा तीन खान कै दबदबा छ । बलिउडका वादशाह शाहरुख खान, अर्का अभिनेता सलमान र आमिर खान । यी बलिउडका अभिनेताहरु घुमिफिरी सबै ठाउँमा पुग्छन् ।

आमिर र शाहरुखले कश्मीरमा चलचित्र शुटिङ गरेर राम्रो कमाई भएपछि अब सलमानको चलचित्र पनि कश्मीरमै शुटिङ हुन लागेको छ । आमिर र शाहरुखले कश्मीर गरेको भीडन्त अब सलमानले गर्न लागेका छन् ।

उनले चलचित्रको शुटिङमा भीडन्त गर्न लागेका हुन् । यसअघि शाहरुख र आमिरले शुटिङमा कश्मीर क्षेत्रमा भीडन्तको दृश्य कैद गरेका थिए । बलिउड अभिनेता सलमान खानले भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मीरमा धुम मच्चाउने भएका छन् ।

salman-khanयसअघि साहरुख र आमिर खानले धुम मच्चाएको कश्मीरमा सलमानले अब धुम मच्चाउन लागेका हुन् । सलमान खान संगै बलिउड अभिनेत्री करीना कपूरले पनि धुम मच्चाउने छिन् ।

कश्मीरमा सलमानले चलचित्र शुटिंगमा ग्यागं फाईट गर्ने भएका छन् । सलमान आफ्नो चलचित्र बजरंगी भाईजानको शूटिंगका क्रममा कश्मीर जान लागेका हुन् ।

यसअघि आमिर खानले सरफरोश र शाहरुख खानले जब तक है जानको शूटिंगका लागि कश्मीर गएका थिए । अब सलमान खान कश्मीर जान लागेका हुन् ।

सलमान खान दुई महिनाका लागि करीना कपूरसंग कश्मीरको वादिया क्षेत्रमा शूटिंगका लागि जादैछन् ।