२९ आश्विन २०८३, बिहिबार

रेज हीरो अफ भ्वाइस– ३ अडिसनका लागि १ सय ५४ छनौट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11060298_912700982113626_893616232344804897_nदाङ, २७ फागुन । राप्ती अंचलस्तरीय गायन विधाको प्रतियोगिता रेज हीरो अफ भ्वाइस ३ को फागुन २५ गते हापुरेमा गरिएको अडिसनबाट ३० जना प्रतियोगी छानिएका छन् ।

दोस्रो चरणको प्रतिष्पर्धाका लागि छानिनेहरुमा गोकूल राना, मनीषा खत्री, संगीता चपाई, सुहाना सुनार, कुमार शर्मा, मनोज वली, प्रतीज्ञा सारु मगर, कमला परियार, ललित घर्ती, रामबहादुर विश्वकर्मा, सागिर खान, सुनिता विश्वकर्मा, देवी भण्डारी, कृष्ण वि.क., गंगा बुढाथोकी, प्रनीश घर्ती मगर, दीपा वली, पूर्णिमा पुन, पार्वती घर्ती, ललिता चौधरी, निशा के.सी., अर्जुन परियार, अर्जुन रावत, राजन बुढा क्षेत्री, कमला बुढा, कल्पना वि.क., ज्योति विश्वकर्मा, पूजा वली, चन्द्रकला वली, आशिष सोनी रहेका छन् ।

अडिसनको निर्णायकमा लोकगायिका जमुना धिताल रहनु भएको थियो ।

हापुरे अडिसनका संयोजक एवं चलचित्र निर्देशक यम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बाघमारे सहकारी संस्थाका अध्यक्ष चूडामणि कँडेलले हापुरे क्षेत्रमा सांगीतिक प्रतियोगिताको पहिलोपटक अडिसन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले यस क्षेत्रका ओझेल परेका गायन विधाका नवप्रतिभाहरुले निकै महत्वपूर्ण अवसर प्राप्त गरेको धारणा व्यक्त गर्नु भयो ।

उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक एवं अभियान संयोजक के.एल. पीडितले दूर दराजमा गई नवप्रतिभाहरुको खोजी गर्नु अभियानको मूल उद्देश्य रहेको बताउनुभयो ।

उहाँले हापुरे क्षेत्रमा गीतसंगीतको विकासमा आफूले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जा, अभियानका सहसंयोज एवं भाकल चलचित्रका निर्देशक विष्णु देवकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हापुरे अडिसनका सहसंयोजक झग्गु भण्डारीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमा टीना शेर्पाइली, निर्मला घर्ती मगर, संगीत विश्वकर्मालगायतका कलाकारहरुले गीत एवं नृत्य प्रस्तुत गरेका थिए ।

दोस्रो चरणको प्रतिष्पर्धा फागुन २७ गते

हापुरे अडिसनसंगै यस प्रतियोगिताको अडिसन राउण्ड सकिएको छ ।

दोस्रो चरणको प्रतिष्पर्धा फागुन २७ गते घोराहीमा आयोजना गरिएको सहसंयोजक विष्णु देवकोटा बताउनु भयो ।

गत फागुन ९ गते घोराहीबाट प्रतियोगिता प्रारम्भ भएको थियो । त्यसैगरी फागुन १० गते नारायणपुर, १३ गते लमही, १९ गते तुलसीपुर, २३ गते भालुबाङ र २५ गते हापुरेमा अडिसन लिइएको थियो ।

निकै भव्य एवं उत्साहजनकरुपमा सम्पन्न भएको अडिसन राउण्डमा ३ सय ४६ जना प्रतियोगीहरुले भाग लिएका थिए ।

दोस्रो चरणको प्रतिष्पर्धा लागि १ सय ५४ जना छानिएका छन् ।

सबै ठाउँमा भएका अडिसनहरुमा दर्शकहरु उल्लेख्य सहभागिता रहेको थियो भने स्थानीय कला, संस्कृति, झाँकी एवं गीतनृत्य प्रस्तुत गरिएको थियो ।

उत्सर्ग फिल्मस् नेपालको आयोजना, रेज मोबाइलको मुख्य प्रायोजन, मोबाइल बजारको प्रायोजन एवं नमूना स्याटेलाइट प्रा.लि.को विशेष प्रायोजन रहेको यस प्रतियोगिताका विजेताहरुलाई १० हजार नगदसहित रेज स्मार्ट फोन, डिस होम सेट तथा एक गीत रेकर्डिङको अवसर दिइने भएको छ ।

10259725_912701058780285_632335795084936122_n 10659306_912700728780318_1251917552642878029_n 11008448_912700808780310_8821445905283234398_n 11046744_912700932113631_2720158311749212012_n 11060298_912700982113626_893616232344804897_n 11066019_912701105446947_417239062828098288_n