काठमाडौ, २७ फागुन । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले यही फागुन मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी सदस्यता नवीकरण तथा नयाँ सदस्यसम्बन्धी विवरण पार्टीमा बुझाउन आफ्ना सदस्यलाई निर्देशन दिएको छ ।
समितिले ती जिल्लामा आज परिपत्र जारी गरी अझै क्रियाशील सदस्यको विवरण आउन बाँकी रहेको उल्लेख गर्दै अन्तिम पटकका लागि म्याद थपिएको र सो म्यादभित्र पार्टीको विधानअनुसार सदस्यता नवीकरण गर्न निर्देशन जारी गरेको हो ।
समितिका सचिव केशव रिजालका अनुसार समितिको सोमबारको निर्णयअनुसार २०७२ साल भदौ २४–२८ गतेसम्म काठमाडौँमा आयोजना हुन गइरहेको महाधिवेशनको तयारीस्वरुप सदस्य नवीकरणलाई प्राथमिकता दिइएको हो ।














प्रतिक्रिया