२९ आश्विन २०८३, बिहिबार

अर्जुन कौशलको लोकपप गीतमा कम्मर मर्काएर नाँचे कञ्चनपुरवासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-kausalमहेन्द्रनगर २५ फागुन । क्याम्पसको अक्षयकोष स्थापनार्थ आयोजना गरिएको वृहद सांस्कृतिक महोत्सवको दोस्रो दिन लोकपप गायक अर्जुन कौशलले आफ्ना गीतमा दर्शकहरुलाई मनोरञ्जन गराएका छन् ।

कञ्चनपुरको उदय बहुमुखी क्याम्पसले अक्षय कोष स्थापनाका लागि आयोजना गरेको बृहद सांस्कृतिक महोत्सवमा लोकपप गायक कौशलले आफ्ना प्रस्तुतिहरुमा दर्शहरुलाई नचाएका हुन् ।

क्याम्पसको अक्षय कोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी उच्च शिक्षा अध्यायनमा खर्च गरिने आयोजक उदय सरस्वती क्याम्पसले जनाएको छ ।

सांस्कृतिक मेलामा हरेक दिन नयाँ र चर्चित कलाकारहरुले आफ्ना प्रस्तुती राख्ने आयोजकले बताएको छ ।

11039904_807489802639797_2141496949_nन्यू साधना फिल्म सिटी महेन्द्रनगरका कलाकारहरुले पनि दिनभर आफ्ना नृत्य देखाएका थिए । सयौको संख्यामा उपस्थीत दर्शकहरुले राष्ट्रिय स्तरमा चिनिएका गायक अर्जुन कौशलका गीतहरुमा नाचेका थिए ।

दर्शकहरुसंगसंगै गाउँदै नाच्दै गरेका गायक अर्जुन कौशलले सुदूरपश्चिमको डोटेली, थारु र नेपाली भाषाका गीतहरुमा दर्शकहरुलाई खुब नचाएका थिए ।

महोत्सबको दास्रोदिनका सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकार मनोज चदरा र विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुती राखेका थिए ।

चैत्र २ गते सम्म हुने कार्यक्रममा बुधबार लोक तथा दोहरी गायक तिलक बम मल्ल र सरिता कार्की तथा स्थानियकलाकारहरुले आफ्ना प्रतिभाहरु देखाउने आयोजकले जनाएको छ ।