११ कार्तिक २०८३, बुधबार

राप्रपा जिल्ला सचिवलाई शेरबहादुर देउवाले काँग्रेसमा भित्र्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birendr- bam

कैलाली, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका जिल्ला सचिव बिरेन्द्र बम नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार बिहान धनगढीमा आयोजित एक कार्यक्रममा बम नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । लामो समयदेखि राप्रपामा आबद्ध रही पछिल्लो संबिधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लडेका बमले ४ हजार १ सय ७० मत ल्याएर चौथो स्थान हासिल गरेका थिए । चार हजार मत ल्याएका युवा नेता बम कांग्रेसमा प्रवेश गरेपछि उनको पकड बलियो रहेको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको उपस्थिति बलियो हुने कांग्रेसीहरुले आँकलन गरेका छन्