काठमाडौं । निर्माता निर्देशक विकास आचार्यले चलचित्र ‘नाई नभन्नु ल ३’ को तयार पारेका छन् ।
चलचित्र ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ बाट निरन्तर सफलता हात पारेपछि निर्माता निर्देशक आचार्यले चलचित्र ‘नाई नभन्नु ल ३’ को बनाएका हुन् ।
मंगलबार राजधानीमा चलचित्र ‘नाई नभन्नु ल ३’ को फस्टलुक सार्वजनिक गरिएको छ । मुष्कान ढकालले निर्देशन गरेको चलचित्रको फष्टलुक सार्वजनिक गरिएको हो ।
फष्टलुकमा चलचित्रका ४ जोडीलाई देखाइएको छ । चलचित्रका मुख्य पात्रहर आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफलता भट्टराई, सञ्चिता लुइटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डीसीलाई पोष्टरमा प्रस्तुत गरिएको छ ।
वान टाइम सिनेमा प्रालीको ब्यानरमा तयार भएको यो चलचित्रका लेखक तथा निर्माता विकास आचार्य हुन् । चलचित्रमा बसन्त सापकोटा संगीत सुन्न सकिन्छ ।














प्रतिक्रिया