काठमाडौं, २६ फागुन । विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै सहज जित हात पारेको छ ।
अष्ट्रेलियाको ह्यामिल्टनमा भएको खेलमा आयरल्यान्डको २६० रनको लक्ष्य पछ्याएको भारतले ३६.५ ओभर खेल्दै २ विकेटको क्षतिमा पूरा गरेको हो ।
शिखर धवनको शतकमा गतिलो सुरुवात गरेको भारतका लागि रोहित शर्माले ६४ रन बनाए । धवन र शर्माले १ सय ७४ रनको साझेदारी गरे ।
धवनले शतक हान्दै पभिलियन फर्के । विश्वकपमा धवनको यो दोस्रो शतक हो । ८५ बलको सामना गरेका उनले ११ चौका र ५ छक्का हानेका थिए ।
भारतका उप-कप्तान विराट कोहलीले ४४ रन बनाए । अजिन्का रहानेले ३३ रन जोड्दा आयरल्यान्डले दिएको लक्ष्य भारतले पूरा गर्यो ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।
आयरल्याण्डका लागि विलियम पोर्टरफिल्ड सर्वाधिक ६७ रन बनाए । उनले ९३ बलको खेलमा ५ चौका र १ छक्का हाने । पल स्टर्लिङले ४२ रन बनाए । ओब्रायन ७५ रन बनाए ।
बाल्बेर्नी २४ रनमा आउट भएपछि आयरल्याण्डको व्याटिङ ओरालो लागेको थियो । भारतका मोहम्मद सामीले आयरल्याण्डका ३ विकेट लिए । आर अश्वीनले २ विकेट झारे ।














प्रतिक्रिया