काठमाडौं, २६ फागुन । एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीले सर्वाेच्च अदालतले शान्ति सम्झौता विपरित फैसला गरेर द्वन्द्वका घाउलाई बल्झाउन खोजेकोप्रति आपत्ति जनाएका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सर्वाेच्च अदालतले शान्ति सम्झौताको मर्म र भावना अनुकूल तार्किक निष्कर्षमा पुर्याउने तर्फ नभई द्वन्द्वलाई अझ बल्झाउने तर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
सर्वाेच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगविरुद्ध द्वन्द्व पीडित नागरिकहरूका तर्फबाट परेका तीन रीट निवेदनमाथि निर्णय गर्दै गत फागुन १४ गते मेलमिलापमा पीडितको सहमतिलाई मुख्य आधार मान्नुपर्ने आदेश दिएको थियो ।
सर्वाेच्चको फैसलाले आयोगलाई निष्पक्ष छानविन एवम् सत्य–तथ्य उजागर गर्न समस्या पैदा हुने देखिएकोले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुरुप मुद्दाहरु छानविन गर्न दुवै माओवादीले विज्ञप्ती मार्फत सरकार, राजनीतिक दलहरु तथा सम्वद्ध सबै पक्षसंग माग गरेका छन् ।
सरकार मानवअधिकारवादीबाट पेलिरहेका माओवादीलाई सर्वाेच्च अदालतले पनि पेल्न खोजेको दुवै माओवादीको निष्कर्ष छ । तत्काल माग पूरा नभए विस्तृत शान्ति सम्झौता अवरुद्ध हुन गई देश फेरि द्वन्द्वमा जाने प्रचण्ड-वैद्य माओवादीको चेतावनी छ ।
हेर्नुहोस् दुबै माओवादीले जारी गरेको विज्ञप्ती जस्ताको तेस्तै ।


















प्रतिक्रिया