काठमाडौं, २६ फागुन । सहमतिमा संविधान जारी गर्नुपर्नेभन्दै आएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले भावि आन्दोलनका लागि रणनीति बनाउन सुरू गरेको छ ।
काठमाडौंमा आज हुने मोर्चाको कार्यदलको बैठक र प्रमुख नेताहरूको आन्तरिक तयारीपछि भावि रणनीति घोषणा गरिनेछ ।
मोर्चाले आज २६ गते भित्र सहमतिका लागि कांग्रेस र एमाले तयार नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाइ सकेको छ ।
मोर्चाले सत्तारुढ कांग्रेस र एमालेलाई वार्ता र सहमतिका लागि तयार नभएको आरोप लगाउँदै आएको छ ।
मोर्चाको आरोपलाई भने कांग्रेस र एमालेले अस्वीकार गर्दै आएका छन् ।















प्रतिक्रिया