११ कार्तिक २०८३, बुधबार

दलहरुबीचको वार्ता सहमति नजिक पुग्यो : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौँ, २५ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाका विषयमा सबै राजनीतिक दलहरुबीच वार्ता चलिरहेकाले छिट्टै सहमति हुने बताउनुभएको छ ।

उहाँले नयाँ बन्ने संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलहरुबीच भइरहेको वार्ताको परिणाम छिट्टै आउने बताउनुभएको हो ।

सोमबार गैरआवासीय नेपाली सङ्घ एनआरएनएको काठमाडौँमा निर्माण हुन लागेको कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री कोइरालाले प्रमुख दलहरु संविधान निर्माणका लागि गहिरिएर छलफल गरिरहेकाले त्यसले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–‘दलहरुबीच जारी वार्तामा शिर्ष नेताहरु संविधान बनाउने विषयमा गम्भीर देखिएका छन्, वार्ता छिट्टै सहमतिमा परिणत हुन्छ, देशले संविधान पाउछ ।’

दलहरुको आफ्नो प्रतिवद्धताअनुसार माघ ८ मा संविधान जारी हुन नसके पनि दलहरुलाई असफल भएको भन्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरुबाट के कति गल्ती र कमजोरी भएका छन्, त्यसलाई औँल्याइदिन प्रधानमन्त्रीले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले आगामी जेठ १५ भित्रै दलहरुकै सहमतिमा सबै जातजातिको प्रतिनिधित्व हुने संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।