– शिबलाल सुबेदी
गुल्मी २५ फागुन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण सबिधान निर्माणमा सहमति हुन नसकेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले प्रचार बिभाग गुल्मीले सोमबार बिहान अयोजना गरेको पत्रकार भेटघाटमा सचिव ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दोधारे स्वभावका कारण सबिधान निर्माणमा सहमति हुन नसकेको बताउनु भएको हो ।
प्रचण्डजीलाई सहमति गर्ने की आन्दोलन गर्ने भन्ने जस्ता कुराले गर्दा सबिधान निर्माणमा ढिलाई भैरहेको भन्दै नेता ज्ञवालीले उहाँकै कारणले मुलुकले वर्तमान अवस्था बोर्होनु परेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डलाई दोवाटोको बटुवा र बन्दा गोभीको समेत सज्ञां दिनुभयो । प्रचण्डले कहिले नेपाली काग्रेस ठिक त कहिले नेकपा एमाले ठिक भन्दै हिड्ने गरेको अभिब्यक्तिले माओवादी सबिधान निर्माणमा जिम्मेवार नदेखिएको प्रष्ट पारेको बताउनुभयो ।
‘हामी नेपाली कांग्रेस र नेकपा एमाले सबिधान निर्माणको पक्षमा एउटै साझा एडेण्डामा रहेको समेत म जानकारी गराउन चाहान्छु’ सचिव ज्ञवालीले भन्नुभयो । नेकपा एमाले, नेपाली कांग्रेस लगायत सबिधानसभामा प्रतिनिधित्व गर्ने दुई तिहाईभन्दा बढी जनमत सबिधान निर्माणको पक्षमा रहेकाले पनि प्रचण्डको यस्तो दोधारे स्वभावमा अब मुलुकले सबिधान निर्माणका लागि धेरै दिन पर्खन नसक्ने बताउनुभयो ।
पुर्वमन्त्री समेत रहनु भएकासचिव ज्ञवालीले आन्दोलनको धम्की दिने मोर्चामा रहेका बिभिन्न राजनीतिक दलहरुलाई अहिलेको आवश्यकता सबिधान निर्माणको काम पहिलो हो कि आन्दोलन पहिलो भन्ने भन्ने स्पष्ट भएर अगाडि बढ्न समेत सुझाव दिनुभयो ।
‘नेकपा एमालेको पहिलो प्राथमिकता भनेको सहमतिकै आधारमा सबिधान निर्माण गर्ने नै हो’ सचिव ज्ञवालीले भन्नुभयो, ‘तर एकीकृत नेकपा माओवादी लगायत मोर्चामा आवद्ध राजनीतिक दलहरुले सबै जातजाती, धर्म मिलेर रहेको यो मुलुकमा सामाजिक सम्बन्ध खल्वलाउने र जातीयका आधारमा जातजातिबीच झै झगडा गराउने जस्ता बिषयमा संघीयताको पक्षमा नेकपा एमालले कुनै सम्झौता गर्न सक्दैन ।”
सघीयताको बिषयमा तराइ र पहाडलाई एकै ठाउँ मिलाउन हुदैन यीनीहरुलाई छुट्टा–छुट्टै प्रदेश बनाउन पर्छ भन्ने एकीकृत नेकपा माओवादी लगायत मोर्चाको यो अडान एक दम डलराग्दो र मिलाउन गम्भिर भएको समेत उहाँले स्पष्ट पार्नुभयो ।
केही दिनदेखि सहमतिका लागि प्रधानमन्त्री लगायत नेपाली कांग्रेस, नेकपा एमालेसगँ एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भेटघाटमा रहेकाले भेटघाट तथा छलफलको सफलताको शुभकाना समेत उहाँले ब्यक्त गनुभयो ।
सहमति नभएपनि जेठ १५ गते सबिधान निर्माण भएरै छाड्ने नेता ज्ञवालीको भनाई थियो । सहमति निर्माण हुन नसके कसरी सबिधान निर्माण हन्छ त भन्ने पत्रकारहरुको जिज्ञासामा नेता ज्ञवालीले भन्नुभयो ‘सबिधान निमार्ण गर्ने धेरै तरिकाहरु छन, जसका लागि जनमतसंग्रह, सघीय आयोग निर्माण र लोकतान्त्रिक विधीबाट भएपनि अब मुलुकले जसरी पनि सबिधान पाउछँ ।’
विश्वमा लोकतान्त्रिक विधीबाट आएको सबिधान लागु भएको उदारण दिदै नेता ज्ञवालीले अगाडी थप्नुभयो एकीकृत नेकपा माओवादी लगायतका दलहरु सबिधान निर्माणका लागि जिम्मेवार बनेर सहमतिमा आउनुपर्छ हैन भने बिश्वले मान्दै आएको लोकतान्त्रिक विधीबाट आएको सबिधानलाई स्वीकार गनैपर्छ ।
सहमतिका नाममा अब लामो समयसम्म संविधानसभालाई बन्धक बनाउन नपाईने भन्दै उहाँले सके सहमतिमा नभए बाध्य भएर बहुमतीय प्रक्रियाबाट भएपनि संविधान जारी हुने बताउनुभयो ।
उहाँले राजनीतिक दलका जिम्मेवार नेता आरोप प्रत्यारोपमा उत्रिएको परिणाम प्रतिक्रिया शक्ति हाबी हुन खोजेको भन्दै परिवर्तनका उपलब्धि संस्थागत गर्न दलहरु सहमतिमा आउनुको विकल्प नभएको सचिव ज्ञवालीको भनाई छ ।
















प्रतिक्रिया