काठमाडौं, २४ फागुन । विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक अस्ट्रेलिया ६४ रनले विजयी भएको छ ।
आइतबार सिड्नीमा भएको खेलमा ३७७ रनको लक्ष्य पछ्याएको श्रीलंकालाई ६४ रनले पराजित गर्दै आयोजक अस्ट्रेलिया विजयी भएको हो । जवाफी व्याटिङ गरेको श्रीलंका ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ३१२ रनमा सीमित भयो ।
सुरुमा व्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाका कुमार सांगाकाराले सतक हाने उनले १०७ बलको सामना गर्दै १०४ रन बनाएका थिए । श्रीलंकाका दिलसानले ६ बलको सामना गर्दै लगातार ६ चौका हानेर ६० बलमा ६२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि गेलेन म्यास्वेलले सतक हानेका थिए ।
उनले १०२ रन बनाए । अष्ट्रेलियाका कप्तान स्टिबन स्मिथले ७२ रन बनाए ।
माइकल क्लार्क ६८ रन, सेन वाट्सनले ६७ रन जोडे । श्रीलंकाका लागि लासिथ मालिंगा र थिसारा परेराले दुर्इ दुर्इ विकेट लिए ।














प्रतिक्रिया