११ कार्तिक २०८३, बुधबार

काँग्रेस सभापति पदमा उम्मेदवारी दिने प्रकाशमान सिंहको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरु निर्वाचनको कसरतमा लागेका छन् । मन्त्रीदेखि शीर्षस्त नेताहरु अहिले देश दौडाहामा छन् ।

कांग्रेसमा नेतृत्व लिनका लागि आफ्नो पकड बोलियो बनाउन नेताहरु देश दौडाहामा लागेका हुन् । यस्तै, नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसमा महामन्त्री प्रकाशमान सिंहले आगामी कार्यकालको नेतृत्व लिन तयार रहेको खुलासा गर्नुभएको छ ।

जिल्ला भ्रमणकै क्रममा कैलालीको लम्की पुगेका उपप्रधानमन्त्री सिंहले आफू पार्टीको नेतृत्व लिन तयार रहेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफू पार्टीको १३औँ महाधिवेशनमा सभापतिको आकांक्षी रहेको खुलासा गर्नुभएको हो ।

यस्तै, नेपाल प्रेस युनियन लम्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले सहमतिका लागि अधिकतम प्रयास भइरहेकाले सहमतिकै आधारमा संविधान जारी हुने उल्लेख गर्नुभयो ।

उहाँले प्रतिपक्षमा रहेका पार्टीहरु वार्तामा आएकाले सहमतिको प्रयास भइरहेको बताउँदै विवादित शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीयताका विषयमा छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहेका उपप्रधान मन्त्री सिंहले सहमतिका माध्यमबाट संविधान जारी नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभयो ।