नयाँदिल्ली, २४ फागुन । भारतका चर्चित वरिष्ठ पत्रकार विनाद मेहताको निधन भएको छ ।
आउटलुक ग्रुपका संस्थापक सम्पादक समेत रहेका ७३ वर्षीय वरिष्ठ पत्रकार मेहताको आइतबार उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
पछिल्लो केही दिनदेखि विरामी अवस्थामा अस्पतालमा उपचार गराइरहेका मेहताको आइतबार विहान दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मेहतको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले विनोद मेहता निधनमा पत्रकार जगतको ठुलो क्षति भएको भनेका छन् ।
उनले भनेका छन्–‘उनको विचार सधै स्पष्ट र स्वच्छ थियो । विनोद मेहतालाई हामी एक राम्रो पत्रकार र लेखकका रुपमा चिन्दै आएका छौं, याद गरिरहने छौं ।’ प्रधानमन्त्री मोदीले शोककको घडीमा मेहताका परिवारलाई सान्त्वना दिएका छन् ।
जनसत्ताका सम्पादक ओम थानवी र पत्रकारबाट राजनेता बनेका आम आदमी पार्टीका आसुतोषले पनि विनोद मेहताको निधनमा शोक व्यक्त गरेका छन् । उनीहरुले भनेका छन्–‘मेहताको निधनले सञ्चार जगतमा ठुलो क्षती भएको छ ।’
भारतमा आफ्ना लेख रचनाबाट तिखो वाण हान्ने वरिष्ठ पत्रकार मेहता विश्वमै चर्चित छन् ।













प्रतिक्रिया