११ कार्तिक २०८३, बुधबार

सहमतिबाटै सबै जातजातिको प्रतिनिधित्व हुने संविधान आउँछ : महामन्त्री सिटौला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KRISHNA-PRASAD-SITAUALA

झापा, २४ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिबाटै संविधान जारी हुने बताउनुभएको छ ।

उहाँले सबै वर्ग, जातजाति र समुदायलाई समेट्न सक्ने अग्रगामी सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको हो ।

झापाको भद्रपुरमा नेपाल महिला सङ्घ झापा क्षेत्र नं ३ द्वारा आज आयोजित कार्यक्रममा उहाँले आगामी जेठ १५ भित्रमा संविधान जारी गर्ने गरी सहमतिका लागि पहल भइरहेको उल्लेख गर्नुभयो ।

विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमतिका आधारमा नयाँ संविधान निर्माण हुने बताउदै महामन्त्री सिटौलाले गणतन्त्र संस्थागत गर्न संविधान अपरिहार्य छ भन्नुभयो ।