२९ आश्विन २०८३, बिहिबार

नवीता र रविना अपराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौं, २४ फागुन । शीर्ष वरीयताकी नेपाल प्रहरीकी नवीता श्रेष्ठ र प्रहरीकै रविना महर्जन प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिताको सिनियर महिला सिंगल्समा पनि अपराजित रहे ।

दुवैले ६ खेल खेलिसकेकोमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा निकालेका छन् ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित शनिबार प्रतियोगिताको सिनियर महिला सिंगल्समै प्रहरीकी एलिना महर्जनले ५ खेलमा जित र १ मा हार, कास्कीकी काजोल रौनियार र एपीएफकी सेलिशा खड्गीले समान ३–३ जित र हार, प्रहरीकी स्वेच्छा नेम्वाङले ४ मा जित र २ मा हार तथा प्रहरीकी एरिका महर्जनले ४ मा जित र १ मा हारको सामना गरेका छन् ।

त्यस्तै सिनियर पुरुष सिंगल्समा प्रहरीका शीर्ष वरीयताका दीप साउन र अमरलाल मल्ल तथा एपीएफका पुरुषोत्तम वज्राचार्यले ६–६ खेलेकोमा सबैमा जित आत्मासात् गरेका छन् ।

एपीएफका चन्दन शाहीले ५ मा जित र १ मा हार, प्रहरीका मणिकुमार लामाले ४ मा जित र २ मा हार तथा प्रहरीका राकेश महर्जनले ३ मा जित र ३ मा हार व्यहोरेका छन् ।

जुनियर महिला सिंगल्समा एपीएफकी सोनु थापा मगरले ६ तथा ललितपुरकी दीक्षा तामाङ र सुनसरीकी दीक्षा दाहालले समान ५–५ खेलमा जित निकालेका छन् ।

जुनियर पुरुष सिंगल्समा नेपाल आर्मीका स्यान्टू श्रेष्ठ र मोरङका करण राईले समान ६–६ खेलमा जित हात पार्दै अपराजित छन् ।