११ कार्तिक २०८३, बुधबार

कोसी अस्पतालको स्टोरमा दश महिनादेखि औषधिको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Drug-storeमोरङ, २३ फागुन । मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मेडिकल स्टोरमा १० महिनाअघि सकिएको औषधि अहिलेसम्म आयात हुन सकेको छैन ।

सरकारले अस्पताल र स्वास्थ्य केन्द्रमा विभिन्न प्रकारका ७० प्रकारका औषधि उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर हाल कोसी अञ्चल अस्पतालमा उत्पादन मिति सकिएका औषधिका खोलमात्र रहेका छन् ।

कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलले अघिल्लो वर्षको रु ७२ लाखको बक्यौता तिर्न नसकेको बताउनुभयो ।

औषधि सकिएको १० महिना पुग्दासम्म अस्पतालले औषधि आयत गर्न नसक्दा अस्पतालमा सरकारले निःशुल्करुपमा वितरण गर्ने औषधि सेवाबाट विपन्न, दलित र सीमान्तकृत समुदायले महँगो मूल्य तिरेर औषधि खरिद गर्नुपरेको गुनासो गरेका छन् ।

अस्पतालको सामाजिक सेवा एकाइले असहायक कोषमार्फत विपन्न, गरिब, दलित, पिछाडिएका र सीमान्तकृत तथा वृद्धवृद्धालाई लक्षित गरेर स्टोरको औषधि वितरण गर्दै आएको थियो ।