काठमाडौं, २२ फागुन । विश्वकप क्रिकेटको आजको खेलमा भारतले वेष्टइण्डिजलाई १८२ रनमा रोकेको छ । अहिले भारतमा १८३ रनको लक्ष्य सहित व्याटिङका लागि मैदान प्रवेश गरेको छ ।
अष्ट्रेलियाको पर्थ मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्टइण्डिज ४४.२ ओभरमा सबै विकेट गुमाएर १८२ रन मात्रै बनाउन सकेको छ ।
भारतसामू वेष्टइण्डिजका क्रिस गेलले पनि फेल खाएका छन् । सुरुवाती व्याटिङमा धक्का खाएको वेष्टइण्डिजका कप्तान जेशन होल्डरले सम्हालिएर खेल्दा ५७ रन बनाएर आउट भए ।
उनले साझेदारीमा ८५ रन जोड्दा ७ विकेट भारतले लगिसकेको थियो । आठौं विकेटका लाडि डरेन शामीसँग ३९ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि टेलरसँग ५१ रनको साझेदारी गरेका थिए ।
वेष्टइण्डिजका शामीले २६ रन, क्रिस गे र कार्टरले समान २१–२१ रन मात्रै बनाए । टेलर ११ मा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
भारतका लागि मोहम्मद शामीले ३ विकेट लिए भने उमेश यादव र रविन्द्र जडेजाले २–२ विकेट लिए । अहिले भारत जवाफी व्याटिङमा छ । १८३ रनको झिनो लक्ष्य पाएको भारतले जित्ने निश्चित छ भन्ने अनुमान गरिएका छन् ।














प्रतिक्रिया