मुस्ताङ, २२ फागुन । लामो समयसम्म हिउँ र पानी परेपछि माटोबाट बनाइएका मुस्ताङका सरकारी कार्यालयमा पानी चुहिने समस्याले अधिकांश सरकारी कार्यालयका कर्मचारी समस्यामा परेका छन् ।
जिल्ला मालपोत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, भू–संरक्षण, जिल्ला शिक्षा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लगायतका कार्यालयको भवनमा पानी चुहिने हुँदा कर्मचारी समस्यामा परेका हुन् ।
पटक–पटक केन्द्रमा माग गरिएपनि पक्की भवन निर्माण गर्न बजेट विनियोजन नहुँदा समस्या उत्पन्न भएको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो ।
‘केही दिनअघिको भारी हिमपात र पानीले कार्यालयको महत्वपूर्ण कागजात त प्लास्टिकले छोपेर राखेपछि केही भएको छैन्, हाम्रो लत्ताकपडा भने पुरै भिजेको छ, उहाँले भन्नुभयो ।















प्रतिक्रिया