११ कार्तिक २०८३, बुधबार

परम्परा र संस्कृति संरक्षणमा प्रधानमन्त्रीको जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, २१ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीमा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको बताउनुभएको छ ।

उहाँले सन्देशमा नेपाली समाजलार्ई एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको बताउनुभएको छ ।

‘असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो’, उहाँले भन्नुभएको छ ।

रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने कोइरालाको भनाइ छ ।