काठमाडौँ, १५ फागुन । नेपालीहरु आयु घटेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार करिब सय वर्ष बाँच्ने नेपालीको सरदर आयु ७० वर्षमा झरेको छ ।
तथ्याङ्क अनुसार दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ । काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने एवम् सरदर नेपालीको आयु ७० पुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
तेस्रो स्वास्थ्य दिवसमा अवसरमा आयोजित कार्यक्रममा महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिँदै असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ ।
विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो ।
विभागले तीन हजारभन्दा बढी स्वास्थ चौकीमा एक छात्रवृत्तिमा अध्ययन गरेका र एक दरबन्दीमा रहेका दुई चिकित्सक, तीन नर्स, अहेबलगायत जनशक्ति, आवश्यक उपकरण र औषधि पु¥याउने महत्वकाङ्क्षी योजना कार्यान्वनको तरखर गर्दैछ ।














प्रतिक्रिया