१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड अब बन्दुकको नेता बन्न हुँदैन : कृष्णप्रसाद सिटौला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KRISHNA-PRASAD-SITAUALA

पाल्पा, १५ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत नेकपा माओवादीले संविधान बनाएरै शान्ति प्रक्रिया र परिवर्तनलाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले एमाओवादीलाई सडक सङ्घर्ष छाडी संविधानसभामा फर्केन आव्हान समेत गर्नुभयो । प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादीलाई छोडेर संविधान बनाउने पक्षमा नेपाली काँग्रेस नरहेकाले माओवादीलाई संविधानसभामा ल्याएर मात्र संविधान जारी बताउनुभयो ।

एमाओवादीलाई संविधान निर्माण कार्यमा ल्याएर नै छाड्ने बताउँदै महामन्त्री सिटौलाले भन्नुभयो-‘एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिको अगुवाइ गर्नुपर्छ, अब बन्दुकको नेता बन्न हुँदैन ।’

संविधानसभाबाट सङ्घीयता लोकतन्त्र, गणतन्त्र, समावेशी संविधान निर्माण लागि एमाओवादी संविधानसभामा आउनुको अर्को विकल्प नभएको महामन्त्री सिटौलाले बताउनुभयो ।

लोकतन्त्रमा जनताको मत नै सर्वपरी भएकाले राजनीतिक दलहरुले जनताका अधिकार खोस्न नहुने उहाँको भनाई छ ।