१२ कार्तिक २०८३, बिहिबार

पूर्वप्रधानमन्त्री खनाल किन गए मलेसिया ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-Khanal

काठमाडौँ, १५ फागुन । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल मलेसिया प्रस्थान गर्नुभएको छ ।

शुक्रबार बिहान नेपाल एयरलाइन्सबाट खनाल एसियाली राजनीतिक पार्टीको स्थायी कमिटिको २४ औ बैठकमा भाग लिन मलेसियाको राजधानी कलालमपुर तर्फ प्रस्थान गर्नु भएको हो । उहाँ केही समय अगाडि मात्र आइक्यापको स्थायी कमिटीमा नियुक्त हुनुभएको थियो ।

बैठकमा एसियाली देशहरmका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महादिपलाई अग्रगामी दिशातर्फ कसरी लैजाने बिषयमा साथै बिभिन्न अन्य पक्षहरमा समेत छलफल हुनेछ ।

एसियाली राजनीतिक पार्टीहरुको एसियाब्यापी नयॉ पहलकदमीमा नेकपा एमाले सुरुदेखि नै संलग्न हुँदै आएको छ । खनालले मलेसियामा रह‘दा मलेसियाली नेताहरmसँग बिशेष भेटघाट गर्नुहुनेछ । त्यसपछि ४ मार्चमा युवाहरुको भेलामा उपस्थित हुन थाइलेण्ड प्रस्थान गर्नुहुने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।