काठमाडौं, ५ फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पूर्वबाट कडा रुपमा प्रस्तुत भएका छन् ।
पूर्वको विराटनगर सहर पुगेका उपाध्यक्ष श्रेष्ठ एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार तत्काल वार्तामा नआए आफुहरु विद्रोहमा जाने चेतावनी दिनुभएको छ ।
उहाँले घाँटी तरवार राखेर सत्तारुढ दलहरुसंग वार्ता गर्न नसकिने प्रष्ट पार्नुभयो ।
एमाओवादी आन्दोलनका पूर्व कमाण्डर समेत तोकिएका श्रेष्ठले भने-‘हामीले माग गरेका विषयमा ताल्चा लगाएर सरकारले वार्तामा बसौं भन्नु प्रतिपक्षीलाई पेल्ने षडयन्त्र हो । यदी सरकार शर्शत वार्तामा नआए हामी आन्दोलनलाई विद्रोहमा परिणत गर्न बाध्य हुनेछौं ।’
सरकारबाट पहल हुने वार्ता अचित्यहिन हुन नहुने उहाँको भनाई थियो । ‘परिणामुखी वार्ताको पक्षमा हामीहरु छौं, त्यसमा सरकार अग्रसर हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उहाँले भन्नुभयो । सहमतिको पक्षमा आफुहरु रहेको बताउँदै उहाँले सत्तापक्षले वार्ता सफल बनाउन शर्त पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।















प्रतिक्रिया