पाँचथर, ४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
सदरमुका फिदिममा सोमबार नेपाल दलित सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूहरू सहमतिका लागि लचक हुने बताउँदै यसअघि पहिलो संविधानसभाको चुनावमा एमाओवादीले ल्याएको जनमतलाई आफूहरुले स्विकारेको र अब काँग्रेस-एमालेले ल्याएको जनमतलाई पनि उनीहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीहरु प्रदेशको नाम राख्दै हिँड्ने ब्राह्मण नभएकाले नाम राख्ने अधिकार जनताको हो, त्यसैले प्रदेशको नाम राख्ने अधिकार त्यही प्रदेशका जनताको हुन्छ ।’
उहाँले उत्तर दक्षिण तथा भूगोललाई मिलाएरै सङ्घीयता बनाउने पक्षमा पार्टी रहेको बताउनुभयो ।
यस्तै काँग्रेस युवा नेता गगनकुमार थापाले एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभा छाडेर जानाको कुनै तुक नभएको वताउनुभयो । रासस















प्रतिक्रिया