पाँचथर, ४ फागुन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले एकीकृत नेकपा माओवादी लगायतको मोर्चालाई जसरी भए पनि संविधानसभामा ल्याइने दृढता व्यक्त गर्नुुभएको छ ।
पाँचथरको फिदिम आउनुभएका थापाले सोमबार बिहान सञ्चारकर्मीसंग कुराकानी गर्दै मोर्चालाई सहमतिमा ल्याएरै संविधान निर्माण गर्ने बताउनुभयो ।
‘नाम्लोले बाधेर भएपनि सहमतिबाटै प्रतिपक्षी दलहरुलाई संविधान बनाउने प्रक्रियामा सहभागि गराएरै छाड्छौं,’ उहाँले भन्नुभयो ।
बाहिर सडकमा गएर हल्ला गर्दैमा देशमा संविधान नआउने भएकाले सहमतिका लागि मोर्चा वार्तामा आउनुपर्ने उहाँको भनाइ थियो ।
देशलाई मुठमेडमा जान नदिन सत्तापक्ष र विपक्ष दुबै लचक हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाली जनतालाई दुःख दिने एमाओवादी मोर्चाले गर्न लागेको आन्दोलनको कुनै औचित्य नहुने उहाँको भनाई थियो ।















प्रतिक्रिया