काठमाडौँ, ४ फागुन । नेकपा एमालेका केन्द्रीय नेताहरुको कार्यविभाजन आज हुँदैछ ।
एमाले स्थायी कमिटीको बैठकले आज नेताहरुको कार्यविभाजन गर्न लागेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । महाधिवेशन भएको नौ महिना भइसके पनि एमालेमा नेताहरुको कार्यविभाजन हुन सकेको छैन ।
यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले आगामी चैत २८ गतेका लागि घोषणा गरिएको बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि सम्भाव्य उम्मेदवारहरूको नाम आगामी १० दिनभित्र सिफारिस गर्न बाग्लुङ जिल्ला कमिटी र बाग्लुङ क्षेत्र नं १ को क्षेत्रीय कमिटीलाई निर्देशन दिएको थियो।
















प्रतिक्रिया