भद्रपुर (झापा), ३ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीसहित विपक्षी मोर्चासँग वार्ताको वाताबरण बनिरहेको जानकारी दिनुभएको छ ।
झापाको भद्रपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संविधानसभामा प्रतिपक्षका भूमिकामा रहेका एकीकृत नेकपा माओवादीसहितको मोर्चासँग सहमतिका लागि वार्ता गर्न वातावरण बनिरहेको जानकारी दिनुभएको हो ।
नेपाली जनताको चाहनाअनुसारकै लोकतान्त्रिक संविधान आउने उहाँको विश्वास छ । नेता देउवाले संविधानजस्तो महत्वपूर्ण विषयमा सबैलाई सहमति बनाउने प्रयास जारी रहेको उल्लेख गर्नु भयो ।
रासस
















प्रतिक्रिया