११ कार्तिक २०८३, बुधबार

एमाओवादीको आन्दोलनलाई संविधानको हुरीले उडाउँछ : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhस्याङ्जा, ३ फागुन । उपप्रधानमन्त्री एवम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आन्दोलनमा गएपनि जनताको संविधान बनेरै छाड्ने बताउनुभएको छ ।

उहाँले जनताले दिएको वाचा पूरा नगरी जनतासंगै आन्दोलन गर्छु भन्नु संविधान बन्न नदिने खेलमा एमाओवादी लागेको उहाँको आरोप छ ।

‘एमाओवादी मोर्चाको आन्दोलनलाई जनताको संविधानको हावाले उठाउँछ, सहमतिमा आएर संविधान बनाउनुको विकल्प छैन् ।’ उहाँले भन्नुभयो ।

उहाँले विस्तृत शान्ति सम्झौताको एक अभिन्न पाटो संविधान निर्माण गर्नु रहेको बताउँदै एकीकृत नेकपा माओवादीले सडकबाट संविधान बनाउँछु भन्नु गैरजिम्मेवारीपूर्ण रहेको बताउनुभएको छ ।

स्याङ्जाको मालुङ्गा गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि आइतबार यहाँ आउनुभएका उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेस कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

संविधानसभा निर्वाचनमा भाग पनि लिने, नियमावली पनि बनाउने तर संविधान निर्माणमा सहयोग नगरेका कारण संविधान बन्न नसकेको सिंहले दाबी गर्नुभयो ।