३० आश्विन २०८३, शुक्रबार

बाबुरामको घोषणा- ‘भीमदत्तको जसरी टाउको छिनाउन तयार छौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

डडेलधुरा, २७ माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले टाउको काटिँदासम्म पनि प्रतिक्रान्तिका विरुद्ध अन्तिमसम्म नझुक्ने बताउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणको सिलसिलामा डडेल्धुरा आइपुगेका डा भट्टराईले सदरमुकाम अमरगढीमा मंगलबार पत्रकार भेटघाटमा बोल्दै भट्टराईले प्रतिक्रान्तिको खतरा बढेको भन्दै त्यसका लागि जस्तोसुकै बलिदानी गर्न तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सूदुरपश्चिम भीमदत्त पन्तको क्षेत्र पनि यो । जसरी भीमदत्त आफ्नो टाउको काटिँदा पनि झुकेनन् हामी पनि प्रतिक्रान्तिका विरुद्ध अन्तिमसम्म झुक्ने छैनौं । भीमदत्त पन्त हाम्रा आदर्श हुन् ।’

भट्टराईले सत्तारुढ दलले प्रक्रिया रोकेर वार्ताको वातावरण नबनाएसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । सहमतिको वातावरण सत्तापक्षले भाँडेको आरोप उहाँले लगाउनुभयो । नयाँ राजनीतिक मूलधार सिर्जना गर्न शान्ति प्रक्रियामा आएको एमाओवादीले प्रगतिशील संविधान बनाउन चाहेको उहाँको दाबी थियो ।

अन्तर्वस्तुमा सहमति नभएसम्म संविधान नबन्ने भन्दै उहाँले संविधान निर्माणको नाममा कागजको खोस्टोमा आफूहरु सहमत नहुने पनि बताउनुभयो ।