३० आश्विन २०८३, शुक्रबार

रियल मड्रिडका रोनाल्डोलाई टक्कर दिदैँ बार्सिलोनाका मेस्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cristiano ronaldo vs lionel messi

काठमाडौं, २६ माघ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै

वार्सिलोनाले खेल तालिकामा ५२ अंक जोड्दै रोनाल्डोको रियड मड्रिडलाई टक्कर दिएको छ । रियल मड्रिड ५३ अंक सहित शिर्ष स्थानमा छन् ।

हिजो आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ५–२ गोल गर्दै १ अंक जोड्दै ५२ पुर्‍याएको हो । लिग लिडर रहेको मड्रिडसँग १ अंक दुरीको दुरी मात्रै छ । एथ्लेटिकोले रियललाई हराएपछि बार्सिलोनाले अंक दुरी छोट्याएको हो ।

एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १५ औं मिनेटमा मेस्सी फ्रिकिक गोलबाट अग्रता लियो । खेलको २६ औं मिनेटमा मेस्सीको पासमा लुइस स्वरेजले गोल गर्दै अग्रता कायमै राखे । मेस्सीकै पासमा उनले गोल गरेका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा मिकेल रिकोले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरे । तर, तीन मिनेटपछि नै मार्कोसले आत्माघाती गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रह्यो ।

स्वरेजको पासमा मेस्सीले गोललाइन नजिकै रहेको नेयमारलाई दिएको पास क्लियर गर्न खोज्दा मार्कोसले आफ्नै पोष्टमा गोल गर्न पुगे ।

६४ औं मिनेटमा मेस्सीकै पासमा नेयमारले गोल गरे । दुई मिनेटपछि बिल्बाओका एड्युरिजले गोल गर्दै बार्सिलोनाको अग्रता ४–२ मा झारे । तर, ८६ औं मिनेटमा पेड्रोले गोल गरेपछि बार्सिलोनालाई ५–२ गोल अन्तरले विजयी भयो ।

ला लिगामा लिग लिडर रियल मड्रिडको ५४ अंक छ । बार्सिलोनाको ५३ र एथ्लेटिको मड्रिडको ५० अंक छ ।